पोपको निधनले धेरै देशका कार्यक्रम प्रभावित
काठमाडौं । पोप फ्रान्सिसको निधनले धेरै देशका निर्धारित कार्यक्रम प्रभावित भएका छन् । अस्ट्रेलियामा ३ मेमा हुने निर्वाचनका लागि मंगलबार नै अर्ली भोटिङ सुरु भइसकेको छ । मतदान सुरु भए पनि प्रधानमन्त्री एन्थोनी अल्बानेज र विपक्षी नेता पिटर डटनले चुनावी अभियान स्थगित गरेका छन् ।
अस्ट्रेलियाको कुल जनसंख्याको २० प्रतिशत क्याथोलिक छन् । संसारका क्याथोलिक मध्य ४० प्रतिशतको बसोबास रहेको ल्याटिन अमेरिकामा पप फ्रान्सिसको निधनमा शोकाकुल भएको छ ।
स्पेनिस भाषाका ज्ञाता पोपले ल्याटिन अमेरिकाका गरिब तथा निसाहयका लागि आफ्ना भनाइ राख्ने गर्थे । यस करण पनि पोपको निधनमा शोक मनाइएको छ । अर्जेन्टिनामा सात दिन शोक मनाइने भएको छ ।
