तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे शुरु हुने छ । बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे शुरु हुनेछ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ ।
