sevenstartv.com ८ असार २०८२, आइतवार

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

२२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन

२६ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३३० जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । 

यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १२० जनाले आरोहण अनुमति पाएका छन् । विभागका अनुसार अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । 

यसमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् । त्यस्तै मकालु हिमालमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ । सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्