sevenstartv.com ९ चैत २०८२, सोमवार

गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु

आक्रमणपछि खाने कुराको जोहो गर्दै गाजाबासी

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । इजरायलले पछिल्लो समय गाजामा गरेको हवाई आक्रमणमा ५० जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्य गाजाका डेर अल बजा लगायत ५ गाउँका बासिन्दालाई आफ्नो स्थान छाड्न भनेका छन् ।

त्यसै स्थानबाट रकेट आक्रमण भएको भन्दै नेतनान्याहुले सो उर्दी जारी गरेका हुन् । यसैगरी अमेरिकाले यमनमा आक्रमण जारी राखेको छ । राजधानी सानामा भएको आक्रमणमा चार जनाको ज्यान गएको जनाइएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म इजरायलको हवाई आक्रमणमा ५० हजार ६९५ जनाको ज्यान गइसकेको बताएको छ । 

यसै गरी एक लाख १५ हजार ३३८ जना घाइते भएको पनि जनाइएको छ । खान युनिस नजिक रहेको सञ्चारकर्मीको सेल्टरमा पनि इजरायलले आक्रमण गरेको जनाइएको छ । इजरायली सेनाले क्वालीन्देहमा रहेको शरणार्थी शिविरमा समेत छापा मारेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्