मापदण्ड विपरीतका सवारीसाधन गुडाउन रोक लगाउने सरकाकरो तयारी
मालवाहक सवारी चेकजाँचमा प्रहरीले सहयोग नगरेको मन्त्री दाहालको गुनासो
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त ग।ृका छन् ।
सोमबार यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले मापदण्डविपरितका गाडीका कारण यात्रुवाहक सवारी साधनसमेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए । उनले मालवाहक सवारी साधनको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो ।
यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।
