sevenstartv.com ९ चैत २०८२, सोमवार

मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । इन्डिगो एयरलाइन्सको उडानमा ८९ वर्षीया एक वृद्धाको मृत्यु भएको छ ।

वृद्धाको मृत्युपछि विमानलाई महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गर्न लगाइएको थियो । आइतबार राति मुम्बई-वाराणसी उडानलाई चिकलथाना विमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानस्थलका एक अधिकारीले सोमबार बताएका छन् । 

उत्तर प्रदेशको मिर्जापुरकी मूल निवासी सुशीला देवी मुम्बईबाट उडानमा चढेकी थिइन् । विमान आकाशमै रहँदा उनको स्वास्थ्य बिग्रन थाल्यो । स्वास्थ्य आपतकालीन अवस्थाका कारण उडान राति करिब १० बजे चिकलथाना विमानस्थलमा अवतरण गरियो । अवतरणको समयमा मेडिकल टोलीले महिलाको जाँच गरेको थियो तर त्यतिन्जेलसम्म उनको मृत्यु भइसकेको थियो । 

एमआईडीसी सिडको प्रहरी चौकीमा आवश्यक औपचारिकताहरू पूरा गरेर विमान पुनः वाराणसीको लागि प्रस्थान गरेको अधिकारीले बताएका छन् । एयरलाइन्सका अनुसार महिलाको शव छत्रपति संभाजीनगरस्थित सरकारी मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्