दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
काठमाडौं । दक्षिण-पूर्वी दक्षिण कोरियामा आइतबार जंगलको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
हेलिकप्टर जङ्गलको आगो निभाउन उडिरहेको थियो । स्थानीय अग्नि नियन्त्रक कार्यालयका अनुसार थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा दुर्घटना भएको हो । यद्यपि, दुर्घटना भएको करिब एक घण्टा भित्रै आगो निभाइएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
पाइलटको पहिचान र दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।
