sevenstartv.com १७ वैशाख २०८३, बिहिवार

३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु

दोहोरोपनाले बिमितको यथार्थ विवरण प्राप्त गर्न कठिन भएको भनाई

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ । 

आइतबार बोर्डले गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले ४७ दशमलव ७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिएका हुन् । 

उनले ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ती स्थानीय तहका विमित सेवाग्राहीले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए । 

तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिए । कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्