वसन्तकालीन याममा सात समूहलाई सगरमाथा आरोहणको अनुमति
सगरमाथासहित २९ हिमाल आरोहणका लागि पर्यटन विभागको अनुमति

काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
विभागका निर्देशक लीलाधर अवस्थीले हालसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको जानकारी दिनुभयो । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए । विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कुल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
अन्नपूर्ण-१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण-५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ ।
खुम्बु आइसफल क्षेत्रमा अहिले भ¥याङ राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् ।
खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई ९आइसफल डाक्टर० भनिन्छ । सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक संघले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने काम गर्ने छ । यसका लागि संघले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । संघले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।