sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निन्दा व्यक्त गर्ने भन्दै अमेरिकामा प्रदर्शन भएको छ । 

अमेरिकाको ५० राज्यका १२ सय स्थानमा हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्याङ अप’ प्रदर्शन गरेका हुन् । शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले ट्रम्पका एजेन्डाले आर्थिक र सामाजिक अवस्था खराब भएको भन्दै प्ले कार्ड बोकेका छन् । ट्रम्पले संसारका सबै देशका सामानमाथि कर लगाउन थालेपछि देश बाहिर पनि उनको विरुद्धमा प्रदर्शन हुन थालेको छ । 

लन्डन, पेरिस र बर्लिनमा पनि उनको विरुद्धमा प्रदर्शनको तयारी भएको हो । लन्डनमा मानिसलाई यातना दिन पाइँदैन भन्दै प्ले कार्ड बोकेर प्रदर्शन भएका छन् । 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्