ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका९३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका९१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
