कार्यकक्ष छिरे गुरागाईँ
काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र वडाअध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत कार्यालयको ढोका फुटाएर अधिकृत सरोज गुरागाईँलाईलाई कार्यालयभित्र छिराएका छन् ।
बिहिबार ताला लगाइएको ढोका फुटाएर निलम्बनमा परेको तीन महिनापछि गुरागाईँलाई छिराएको हो । महानगरका प्रहरीहरूले रोक्न खोजेका थिए । तर,सकेनन् । कर्मचारीहरूले अधिकृतको कार्यालयको सिसा पनि फुटाएका छन् ।
यसरी गुरागाईँलाई छिराउँदा उपप्रमुख सुनिता डंगोल पनि थिइन् । सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए । त्यसयता उनी निलम्बनमा परेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईँलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर महानगरपालिकाका प्रमुख बालेन शाहले ठाडै अस्वीकार गरेका थिए। महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामो समयदेखि कर्मचारीहरूले तलब पाएका छैनन्।
