sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

६ संसदीय समितिका बैठक बस्दै

२१ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ समितिका बैठक  आज बस्ने भएको छ । प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका एक समितिको बैठक बस्ने तय भएको हो । एउटा संयुक्त बैठक बस्नेछ ।

संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको  बैठक बिहान ११ः०० बजे बस्नेछ । 

विकास र आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक  भने बिहान ११ः३० बजे हुने भएको छ ।

बैठकमा  नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आ.व. २०७९र०८० को वार्षिक प्रतिवेदन ९विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार० सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्