sevenstartv.com ९ चैत २०८२, सोमवार

आक्रमण गरे कडा जवाफ दिने इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरे बम प्रहार गर्ने तर्क

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताएका छन् ।

शनिबार एक अन्तर्वार्तामा ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरेमा उनीमाथि बम प्रहार गरिने बताएका थिए । ट्रम्पले इरानलाई ‘अतिरिक्त कर’को सजाय दिने चेतावनी पनि दिएका छन् । यद्यपि, ट्रम्पले अमेरिकाले सिधै अमेरिकी विमानबाट बम बारी गर्ने धम्की दिएका थिए वा इजरायलसँगको समन्वयमा आक्रमण गर्ने चेतावनी दिएका हुन् भन्ने खुलेको छैन । 

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्पले इरानमाथि ‘अधिकतम दबाब’ अभियान पुनः सुरु गरेका छन् । आफ्नो पहिलो कार्यकालमा उक्त नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गरेका थिए भने त्यसपछि तेहरानमाथि पुनः कडा प्रतिबन्ध लगाएका थिए । संयुक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । यसलाई तेहरानले अस्वीकार गर्दै आएको छ । 

तेहरान र विश्व शक्ति राष्ट्रहरूबीच सन् २०१५ मा भएको उक्त सम्झौतामा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षालाई सीमित गर्न आवश्यक थियो । गत मार्च ७ मा ट्रम्पले खामेनीलाई आणविक वार्ताका लागि आह्वान गर्न पत्र लेखेका थिए र तेहरानले नमाने सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए । युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले मार्च १२ मा तेहरानलाई उक्त पत्र पठाउनु भएको थियो । बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको पत्रको जवाफ ओमानलाई दिइसकेको बताएका थिए । 

अराघचीले ‘अधिकतम दबाब र सैन्य कारबाहीको धम्कीमा’ संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष रूपमा वार्तामा संलग्न हुन नचाहने इरानको अडानलाई कायम राख्दै ‘अप्रत्यक्ष वार्ता’ को लागि ढोका खुला रहेको बताए । ओमानले सन् १९७९ को इस्लामी क्रान्तिपछि अमेरिका र इरानी कूटनीतिक सम्बन्ध टुटेको अवस्थामा विगतमा मध्यस्थकर्ताको भूमिका निवा

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्