sevenstartv.com ९ चैत २०८२, सोमवार

विश्वविद्यालयहरूमा विरोध प्रदर्शन गरिरहेका विदेशी विद्यार्थीहरूलाई देश छोड्न अमेरिकाको आदेश

१७ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शन गरिरहेका सयौँ विदेशी विद्यार्थीहरूलाई अमेरिका छोड्न अर्थात् स्व–निर्वासित हुन भनेको छ । 

सामाजिक सञ्जालमा अमेरिकाविरुद्ध पोस्ट गर्ने वा ती पोस्टहरूलाई लाइक गर्ने विद्यार्थीहरूलाई पनि यस्तै इमेलहरू पठाइएको छ । यसअघि मार्च २७ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रविरोधी गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेका थिए । 

अहिलेसम्म ३०० जना यस्ता विद्यार्थीमाथि कारबाही भइसकेको छ । विदेश मन्त्रालयले एआई एप क्याच एण्ड रिभोक पनि सुरु गरेको छ । यस एपको सहयोगमा हमास वा अन्य आतङ्कवादी सङ्गठनहरूलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको पहिचान भइरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्