रुसी राष्ट्रपति पुटिनको कारमा विष्फोट
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक कारहरूमध्ये एउटा कारमा विस्फोट भएको छ ।
यो विस्फोट गुप्तचर एजेन्सी एफएसबीको मुख्यालय बाहिर भएको थियो । विष्फोट हुने कार लक्जरी लिमोजिन कार थियो । रिपोर्टका अनुसार आगो इन्जिनमा लागेको थियो र त्यसपछि कारभरि फैलिएको थियो ।
यो हत्याको षड्यन्त्र थियो वा दुर्घटना मात्रै भन्ने कुरा अझै स्पष्ट भएको छैन । राष्ट्रपति कार्यालयमा पुटिनको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।
