sevenstartv.com २० वैशाख २०८३, आइतवार

विपक्षीको अवरोधपछि राष्ट्रिय सभाकाे बैठक १ घण्टाका लागि स्थगित

१४ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद् बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

 प्रतिपक्षीको अवरोध कायम भएपछि अध्यक्ष दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

 



सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्