sevenstartv.com ९ चैत २०८२, सोमवार

कारमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पकाे घोषणा

१४ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन् । ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन् ।

अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो । साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । 
राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ ।

मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ ।अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गरेको बेलायतले गत वर्ष अमेरिकामा एक लाख १६ हजार १९४ जागउर ल्यान्ड रोभर कार अमेरिका भित्रिएको थियो ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्