sevenstartv.com ९ चैत २०८२, सोमवार

पपुआ न्यू गिनीले फेसबुकमाथि लगायो प्रतिबन्ध

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पपुआ न्यू गिनीले सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालेको अधिकारीहरूले भनेका छन् । सोमबार यो प्रतिबन्ध लगाइएको हो ।

सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरिरहेका छन् । उनीहरूले सरकारको यस कदमलाई मानव अधिकार हनन भनेका छन् । यस कदमको बचाउ गर्दै प्रहरी मन्त्री पिटर सियामालिली जुनियरले चाँहि सरकारले वाक स्वतन्त्रता दबाउने प्रयास नगरेको भनेका छन् । 

सर्वसाधारणलाई हानिकारक कन्टेन्टबाट जोगाउनु सरकारको दायित्व भएको उनको भनाइ छ । पपुआ न्यू गिनीमा फेसबुक सबैभन्दा बढी प्रयोगमा आएको सामाजिक सञ्जाल हो । विक्री बढाउन साना व्यवसायहरूले समेत यसकै भर गर्ने गरेका छन् । 

देशमा छापा स्वतन्त्रता खुम्चिँदै गइरहेको समयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक विषयहरूमा छलफल भइरहेका छन् । फेसबुकमाथिको प्रतिबन्धलाई धेरैले देश डरलाग्दो अवस्थामा पुगिरहेको र यो निरङ्कुशता रोक्न कसैसँग पनि तागत नभएको भन्ने खालका आशयसहितका पोस्ट आइरहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्