sevenstartv.com ८ असार २०८२, आइतवार

आरोहणका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङको काम सुरू

१० दिनमा एक हजार मिटरमा डोरी टाँगिसकेको भनाई

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । वसन्त ऋतुसँगै सुरू हुने हिमाल आरोहणको नयाँ सिजनका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरू भएको छ ।

अहिले आइसफल डाक्टरको टोलीले सगरमाथाको पहिलो शिविरदेखि दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गरिरहेको छ । आङसाकी शेर्पा नेतृत्वको ८ सदस्यीय टोलीले १० दिनमा एक हजार मिटरमा डोरी टाँगिसकेको छ । फागुन २५ मा नाम्चेबाट हिँडेको टोलीले हिमालको पुजा गरेर चैत ३ देखि काम थालेको हो । 

तीब्र हावा र ठाउँठाउँमा हिमपहिरो डोरी टाँग्ने काममा ढिलाइ भएको सगरमाथा पोलुसन कन्ट्रोल कमिटी–एसपीसीसीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए । हरेक वर्ष एसपीसीसीले ५ हजार २ सय मिटरको पहिलो शिविरदेखि ६ हजार ४ सय मिटरको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्छ । 

त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक संघले टेन्डरमार्फत् जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपीडीसनले काम गरिरहेको छ । एटके एक्सपीडीसनबाट गएको टोलीले सगरमाथा र ल्होत्सेमा पनि डोरी टााग्नेछ भने गत वर्ष सगरमाथामा काम गरेको सेभेन समिटले धौलागिरी र मकालुमा डोरी टााग्ने काम गरिरहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्