sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिकाद्वारा बंगलादेशमा अल्पसंख्यक समुदायविरुद्ध जारी हिंसाको निन्दा

अल्पसंख्यक समुदायका सदस्यलाई लक्षित गरी हुने कुनै किसिमका हिंसा वा असहिष्णुताको भत्र्सना गर्ने भनाई

११ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बंगलादेशमा अल्पसंख्यक समुदायका विरुद्ध भइरहेको हिंसाको निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले बंगलादेशमा अल्पसंख्यक समुदायका विरुद्ध भइरहेका हिंसाको निन्दा गरेकी हुन् । 

प्रवक्ता ब्रुसले कुनै पनि मुलुकमा अल्पसंख्यक समुदायका सदस्यलाई लक्षित गरी हुने कुनै किसिमका हिंसा वा असहिष्णुताको निन्दा गर्ने बताइन् । उनले बंगलादेशको अन्तरिम सरकारले सबै जनताको सुरक्षाको प्रत्याभूति गर्न चालेको कदमको स्वागत गरेको पनि उल्लेख गरिन् । 

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले बंगलादेशमा विकसित घटनाक्रमलाई अमेरिकाले नजिकबाट नियालिरहेको समेत टिप्पणी गरिन् । 
केही महिनाअघि विशाल आन्दोलनका कारण बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको पद त्यागेपछि धार्मिक अल्पसंख्यक खासगरी हिन्दु धर्मावलम्बीलाई लक्षित गरी हिंसाका घटना बढिरहेको बताइएको छ । 

यसअघि अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले पनि बंगलादेशमा इस्लामिक अतिवादको निन्दा गरेकी थिइन् । गबार्डले गरेको टिप्पणीको बंगलादेशको अन्तरिम सरकारले निन्दा गरेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्