sevenstartv.com ९ चैत २०८२, सोमवार

इजरायलका हजारौं जनाता टर्च बालेर सडकमा, प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्ने र गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा इजरायलका हजारौं जनाताहरूले तेल अभिभमा प्रदर्शन गरेका छन् । 

नेतान्याहूले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारमाथि हटाउने निर्णय गरेर लडाइँ सुरू गर्ने अभिव्यक्ति दिएपछि इजरायलका जनताहरूले सडकमा टर्चलाइटसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले उक्त प्रदर्शन लगातार ३ दिनसम्म गरेका छन् । शनिबार इजरायली नेताले सुरक्षा प्रमुखलाई बर्खास्त गरे पनि देश लोकतान्त्रिक रहने बताए । 

तेल अभिभको हबिमा स्क्वायरमा, प्रदर्शनकारीहरूले नीलो र सेतो इजरायली झण्डा फहराउँदै गाजामा रहेका बाँकी इजरायली बन्दीहरूको रिहाइको माग गरेका थिए भने सम्झौताको लागि आह्वान गरे । नेतान्याहूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोपलाई खारेज गरेका छन् । तर उनका आलोचकहरूले बारलाई हटाउन खोजेर इजरायलको लोकतन्त्रलाई आधार बनाउने संस्थालाई कमजोर बनाएको आरोप लगाएका छन् ।

इजरायलको सर्वोच्च अदालतले निषेधाज्ञा जारी गर्दै बर्खास्तगीलाई अस्थायी रूपमा रोक लगाएको छ । प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित घूसखोरीको अनुसन्धान र हमासको नेतृत्वमा २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणलाई रोक्न असफल भएकोमा आरोप–प्रत्यारोपको बीचमा नेतान्याहू र बार महिनौंदेखि विवादमा छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्