sevenstartv.com ९ चैत २०८२, सोमवार

गाजामा रोकिएन इजरायली हमला, ४० जनाको मृत्यु, युद्धविराम भंग भएको घोषणा

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । इजरायलले रातभर गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् । दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् ।

इजरायलले मंगलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो । यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भंग गरेको छ । हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । यसमा अधिकांश महिला र बालबालिका थिए । दक्षिणी सहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्