sevenstartv.com १९ वैशाख २०८३, शनिवार

भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ : गृहमन्त्री लेखक

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् । उनले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरुको डिडिएको काम अघि बढाइएको बताए । 

उनले जाजरकोटमा पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको जनाए ।  उनले केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि उल्लेख गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्