sevenstartv.com १९ वैशाख २०८३, शनिवार

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष शाहले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो रु भन्दै प्रश्न समेत गरे । यस हत्यका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भएपनि सरकारले छानविन नगरेको उनको आरोप छ ।

रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो । 

त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो । घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर सरकारले अहिलेसम्म दोषि पत्ता लागेको छैन । 

अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्