sevenstartv.com ९ चैत २०८२, सोमवार

भूमध्यसागरमा डुंगा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता

केही व्यक्ति समुद्रमा डुबेको हुनसक्ने अधिकारीहरुको अनुमान

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । भूमध्यसागरमा एक आप्रवासी डुंगा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

इटालीका सञ्चारमाध्यमहरुले बुधबार लामपेडुसा टापु नजिकै डुंगा डुबेको जनाएका छन् । इटालीका मिडिया रिपोर्टहरू अनुसार इटालीको तटरक्षक र वित्तीय प्रहरीले लाम्पिओन नामक सानो चट्टानी टापुबाट छ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकालेका थिए । उद्धार गरिएकाहरूले जहाज छोड्दा ५६ जना सवार रहेको तर क्षेत्रबाट केवल छ वटा पुरुषका शव भेटिएको बताएका छन् । 

एजिआई समाचार एजेन्सीका अनुसार बाँचेका व्यक्तिहरूले बेपत्ता भएकामध्ये केही समुद्रमा खसेको बताएका छन् । आप्रवासीहरू आइभोरी कोस्ट, माली, गाम्बिया र क्यामरुनका थिए । आप्रवासीलाई उद्धार गरेपछि ट्युनिसियाको स्फ्याक्सबाट धातुको डुंगामा यात्रा गरेपछि ४० जना आप्रवासीको छुट्टै समूह लम्पेडुसामा अवतरण गरेको एएनएसए समाचार एजेन्सीले जनाएको छ । 

मंगलबार लामपेडुसामा कुल दुई सय १३ आप्रवासीसहित पाँचवटा अवतरण भएका थिए । यसले टापुको स्वागत केन्द्रमा रहेका मानिसहरूको कुल सङ्ख्या दुई सय ३० पुगेको छ । इटालीको गृह मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म आठ हजार सात सय ४३ आप्रवासी इटाली आइपुगेका छन् । यो गत वर्षको यही अवधिमा आइपुगेका सङ्ख्याभन्दा केही बढी हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्