sevenstartv.com ९ चैत २०८२, सोमवार

आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा आएको आँधीले २० जनाको मृत्यु भएको छ । 

 विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ । त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ । साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ ।

तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ । मिसाउरीको आपतकालीन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ । अरान्कासमा तीन जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन्। ओकाहामामा पनि एक जानको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्