गुजरातमा लगातार दुई भूकम्प
काठमाडौं । भारतको गुजरातमा मंगलबार लगातार दुईवटा भूकम्प गएको छ ।
त्यहाँको कच्छ जिल्लामा केन्द्रबिन्दु भएर बिहान ११ बजेर १२ मिनेट जाँदा ३ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको रापरबाट १६ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।
त्यसको एक मिनेटपछि पुनः २.८ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यसको केन्द्र भचाऊदेखि उत्तर-पूर्वमा थियो । भूकम्पपछि जिल्ला प्रशासनले सबै क्षेत्रमा सतर्कता बढाएको छ ।
