sevenstartv.com ९ चैत २०८२, सोमवार

क्यानडाको लिवरल पार्टीद्वारा मार्क कार्नीलाई दलको नेतामा निर्वाचित

ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्ने

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । क्यानडाको लिवरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उनी प्रधानमन्त्री ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नेछन् ।

केन्द्रीय बैंकका पूर्व गभर्नर कार्नीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’ को सुरूवात गरेको बताएका थिए । कार्नीले ‘क्यानेडियाली कामदार, परिवार र व्यवसायहरूमाथि आक्रमण’ गरेको आरोप लगाउँदै तत्काल अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध कडा अडान लिएका हुन् । 

क्यानडामा अक्टोबरसम्ममा चुनाव गरिसक्नुपर्ने छ तर केही हप्ताभित्रै मध्यावधि निर्वाचन हुन सक्छ । हालको जनमत सर्वेक्षणले विपक्षी कन्जरभेटिभ्सलाई थोरै मनपर्ने व्यक्तिका रुपमा प्रस्तुत गरेको छ । ओटावामा पार्टी समर्थकहरूको विशाल भीडलाई सम्बोधन गर्दै कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिए ।

यसअघि बैंक अफ क्यानडा र बैंक अफ इंग्ल्याण्ड दुवैको नेतृत्व गरेका कार्नीले आफ्ना मुख्य प्रतिद्वन्द्वी ट्रुडोका पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई पराजित गरेका हुन् । करिब एक लाख ५२ हजार मत खसेकोमा कार्नीले ८५।९ प्रतिशत मत प्राप्त गरेका थिए । फ्रिल्याण्डलाई केवल आठ प्रतिशत मात्र भोट परेको छ । कार्नीले ट्रम्पको विरुद्धमा उभिने वाचाका साथ चुनाव प्रचार गरेका थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्