sevenstartv.com ९ चैत २०८२, सोमवार

सिरियामा सेना र पूर्व राष्ट्रपतिका समर्थकबीच हिंसा भड्कियो

दुई दिनमा एक हजारभन्दा बढीको मृत्यु

२५ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सिरियाको लटाकिया र टार्टसमा केही दिनदेखि सेना र पूर्व राष्ट्रपति बशर अल–असदका समर्थकबीच झडप भइरहेको छ ।  पछिल्ला दुई दिनमा मात्रै एक हजारभन्दा बढी मानिस मारिएका छन् ।

यो मृत्यु संख्यालाई सन् २०११ मा सुरू भएको सिरियाली गृहयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति मानिएको युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । संस्थाका अनुसार, पछिल्ला दुई दिनमा सुरक्षाकर्मीहरूले अलावी मुस्लिम समुदायका ७४५ भन्दा बढी व्यक्तिको हत्या गरेका छन्, जसमा अधिकांशलाई झुन्ड्याएर मारिएको छ । 

त्यसैगरी, असद समर्थक १४८ लडाकू मारिएका छन् भने झडपमा सुरक्षाकर्मीका १२५ जवानको पनि मृत्यु भएको छ । गत वर्ष डिसेम्बरमा सैन्य कु भएपछि बशर अल–असद देश छोडेर रसिया भागेका थिए । त्यसपछि सिरियाको सत्ता उग्रवादी संगठन हयात तहरीर अल-शामको हातमा गएको थियो । सिरिया सरकारले असद समर्थक लडाकूहरूले नै पहिलो पटक सुरक्षा बलमाथि हमला गरेका र देशमा हिंसा भड्किएको दाबी गरेको छ । 

तर, असद समर्थकहरूले सुरक्षाकर्मीहरूले आवासीय क्षेत्रमा बमबारी गरेको आरोप लगाएका छन् । रिपोर्टअनुसार, सुरक्षा बलहरूले एक व्यक्तिलाई गिरफ्तार गर्ने प्रयास गरेसँगै झडप सुरु भएको हो। त्यसपछि सरकारले लटाकिया र टार्टसमा ठूलो संख्यामा सेना परिचालन गरेको छ र कफ्र्यु आदेश जारी गरेको छ । गत डिसेम्बरमा असदलाई सत्ता च्युत गरिएपछि यो अहिलेसम्मकै सबैभन्दा भीषण हिंसा हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्