sevenstartv.com ९ चैत २०८२, सोमवार

गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह

१९ फागुन २०८१, सोमवार स्टार संवाददाता

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले गाजा पट्टीमा हमास र इजरायलबीच चलिरहेको युद्धविराम सम्झौतालाई पूर्ण र इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । दिगो युद्धविराम सुनिश्चित गर्न सम्झौताको दोस्रो चरण शुरु गर्न आग्रह गर्नुभएको हो । पहिलो चरण पूरा भइसकेको हुनाले अब दोस्रो चरणमा छलफल र परामर्श शुरु गर्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम लक्ष्य युद्धविराम सम्झौतालाई कायम राख्नु रहेको बताउनु भयो । अब्देलाट्टीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजामा सहायताको प्रवेश रोक्ने निर्णयको निन्दा गर्नुभयो । गाजामा १५ महिनाभन्दा बढी समयदेखि चलिरहेको घातक द्वन्द्वपछि इजरायल र हमासले जनवरी १९ देखि युद्धविराम सम्झौता लागू गर्दै आएका छन् । युद्धविराम सम्झौताको पहिलो चरण शनिवार समाप्त भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्