sevenstartv.com २१ वैशाख २०८३, सोमवार

साढे ८ किलो गाँजासहित महिला पक्राउ

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका(७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ पक्राउ परेकी हुन् ।

 

आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप(महानगरपालिका(१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो ।

 

शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ । श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्