sevenstartv.com ९ चैत २०८२, सोमवार

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’

१६ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुक भारत लगायत निकट साझेदारसँगको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् । 

जर्मनीमा सम्पन्न संघीय निर्वाचनपछि जर्मन विदेश नीतिबारे चासो बढिरहेका बेला राजदूत एकरम्यानले भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका हुन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूतले बर्लिनमा सरकार परिवर्तन भए पनि भारतसँगको सम्बन्धमा कुनै बाधा उत्पन्न नहुने प्रस्ट पारे । 

निकटस्थ साझेदार भएकाले जर्मनीले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उनको भनाइ छ । हालै जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा मध्य दक्षिणपन्थी सीडीयू-सीएसयू गठबन्धन सबैभन्दा ठूलो दल बनेर उदाएको छ । त्यसैगरी, उग्र दक्षिणपन्थी एएफडी पार्टी दोस्रो र निवर्तमान सरकारको नेतृत्व गरिरहेको मध्य वामपन्थी एसपीडीले तेस्रो स्थानमा चित्त बुझाएको छ । 

यद्यपि कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेकोले नयाँ सरकार बन्न अझै केही समय लाग्ने अपेक्षा गरिएको छ । युरोपेली युनियन ईयू र अमेरिकाबीच सम्बन्धमा खटपट उत्पन्न भइरहेका बेला ईयूको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको चुनाव परिणामलाई निकै चासोपूर्वक हेरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्