sevenstartv.com ९ चैत २०८२, सोमवार

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता सुरु

इजिप्टको निगरानीमा रिहाइका लागि सहमति भएको हमासको दाबी

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदी बन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको जनाइएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वमामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताएका छन् । 

यद्धविरामको पहिलो चरण शनिबार सकिँदै छ । तर फेब्रुअरीको सुरुमा सुरु हुने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता सुरु भएको छैन । हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकै पटक रिहा गर्न तयार रहेको बताएको छ । 

समूहले आइतबार इजरायलले ६०० प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामनि नेतन्याहूले बन्धकलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठह¥याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’ को रूपमा वर्णन गरिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्