sevenstartv.com ९ चैत २०८२, सोमवार

ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक

हजारौं संघीय कामदारलाई बर्खास्त गर्ने तयारी

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुनेछन् । मस्कलाई अमेरिकी सरकारी दक्षता विभाग ९डीओजीई० को निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ भने उनले हजारौं संघीय कामदारलाई बर्खास्त गर्न खोजिरहेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटका अनुसार मस्कसँग मन्त्रीस्तरीय पोर्टफोलियो वा औपचारिक निर्णय गर्ने अधिकारको अभाव भएपनि उनलाई ‘विशेष सरकारी कर्मचारी’ र ‘राष्ट्रपतिका वरिष्ठ सल्लाहकार’ को रूपमा वर्गीकृत गरिएको छ ।

सन् २०२४ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा ट्रम्पका प्रमुख दाता मस्क मात्र ट्रम्प प्रशासनका विवादास्पद सदस्य भने होइनन् । डेमोक्र्याटस्को ट्रयाकरेकर्ड र अनुभवको कमीका कारण आलोचना भएपनि अमेरिकी सिनेटले ट्रम्पको क्याबिनेटका सबै छनौटहरूलाई अनुमोदन गरेको छ । 

सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको साँघुरो बहुमत भए पनि एकाध बाहेकका सबैले ट्रम्पको निर्णयको विरुद्धमा मतदान गर्न मानेनन् । यसले पार्टीभित्र ट्रम्पको बलियो पकड रहेको देखाउँछ । ट्रम्पको निर्णयमा असहमत हुनेहरूमध्ये थोरैले मात्र राजीनामा दिए पनि अधिकांशले सम्झौता गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्