sevenstartv.com ९ चैत २०८२, सोमवार

दक्षिण कोरियामा पुल भत्किँदा ४ जनाको मृत्यु

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । दक्षिण कोरियाको राजमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा चारजना कामदारको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।

पुलमाथि राखिएको चार वा पाँच प्लेटहरू मिलेर बनेको संरचना सियोलबाट लगभग ६५ किलोमिटर दक्षिणमा रहेको आन्सेओङमा रहेको राजमार्ग निर्माण स्थलमा भत्किएको थियो ।

जमिनमा लडेर भग्नावशेषमा पुरिएका १० जना कामदारमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएका छन् । क्रेन प्रयोग गर्ने र माथिल्लो प्लेटहरूलाई खाँबोहरू बीच जोड्ने क्रममा भत्किँदा दुर्घटना भएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्