sevenstartv.com ९ चैत २०८२, सोमवार

बंगलादेश र पाकिस्तानले गरे सरकार-सरकारबीच व्यापार सुरु

१३ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बंगलादेश र पाकिस्तानले दशकौंदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार-सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बंगलादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरू भएको हो ।

यी दुई देश कुनै समय एउटै राष्ट्र थिए तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए । विभाजनपछि बंगलादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । लामो समयदेखि बंगलादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो । उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए ।

उनीविरूद्ध मानवताविरुद्धको अपराधको आरोप लागेको छ । सन् २०२४ को नोभेम्बरमा पाकिस्तानको कराँचीबाट बंगलादेशको चटगाउका लागि कन्टेनर जहाज चल्न थालेपछि यी दुई देशबीच प्रत्यक्ष निजी व्यापार पुनः सुरु भएको हो । दशकौंपछि यी दुई देशबीच सिधा यात्रा गर्ने यो पहिलो मालवाहक जहाज थियो । 

बंगलादेशको खाद्य महानिर्देशनालयले जनवरीमा सरकारी स्वामित्वको ट्रेडिङ कर्पोरेसन अफ पाकिस्तान ९टीसीपी० सँग चामल आयातका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । करिब १७ करोड जनसंख्या भएको यो देश विशेष गरी विनाशकारी बाढी र चक्रवातको जोखिममा रहेको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यपछि उपमहाद्वीपबाट अलग्गिएका भारत र पाकिस्तानले धेरै युद्ध लडेका छन् र कटु शत्रुका रूपमा रहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्