sevenstartv.com २२ मंसिर २०८२, सोमवार

छात्रवृत्तिका लागि २० जनाको सिट खाली

१३ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका जानकारी दिएका छन् । उनले एक दुई दिनभित्रै आवेदन दिन पनि सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।

उनका अनुसार अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जना गरि २० जनाको सिट अझै खाली रहेको छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्