बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।
आइतबार बिहान ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर-१ को कार्यालय नजिकै बागमती नदी किनारमा अन्दाजी ४०-४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको हो। शवको पहिचान हुन सकेको छैन। सनाखत हुन नसकेको उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको बताइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

.gif)