sevenstartv.com ९ चैत २०८२, सोमवार

नयाँ दिल्लीस्थित अफगान राजदूतावास चलाउने तालिबानको तयारी

सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय जगतमा कूटनीतिक मान्यता पाउन तालिवानको संघर्ष

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भारतको राजधानी नयाँ दिल्लीस्थित अफगान राजदूतावासको व्यवस्थापन सम्हाल्ने तयारी थालेको छ ।

भारतबाट प्रकाशित हुने द विकका अनुसार यसबारे भारतीय अधिकारीसँग तालिबानले छलफल सुरु गरेको छ । तालिबानले नजिब शहिनलाई भारतका लागि नयाँ अफगान राजदूत तोक्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ । 

नजिब तालिबानका वरिष्ठ कूटनीतिज्ञ सुहेल शहिनका छोरा हुन् । सुहेलले कतारको राजधानी दोहामा आफ्नो समूहको प्रतिनिधित्व गर्दै आएका थिए । भारतको राजधानीमा अफगानिस्तानले राजदूतावाससँगै हैदरावाद र मुम्बईमा नियोग पनि सञ्चालन गर्दै आएको छ । 

सन् २०२१ मा सत्ता कब्जा गरेसँगै तालिबानले अन्तर्राष्ट्रिय जगतमा कूटनीतिक मान्यता पाउन संघर्ष गरिरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्