sevenstartv.com ९ चैत २०८२, सोमवार

हमासले फिर्ता गरेका मृतक बन्धकमा शिरीको शव प्राप्त नभएको इजरायलको दाबी

सहमति अनुसार अपहरणमा परेका सबैलाई रिहा गर्न माग

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताए अनुसार शिरी बिबासको अवशेष प्राप्त नभएको बताएको छ । इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शव प्राप्त नभएको बताएको हो ।

लडाकू समूहले बन्धक-कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार चार बन्धकको अवशेषलाई रेडक्रसमार्फत्  इजरायली सेनालाई सुम्पिएको थियो । सेनाका प्रवक्ता अविचय अद्राईले अनुसन्धान प्रक्रियाका क्रममा हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको नभएको बताए । उनले हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गर्नुपर्ने माग गरे । 

इजरायलले बिबास परिवारका दुई छोरालाई गाजामा प्यालेस्टिनी ‘आतंककारी’ले मारेको निष्कर्ष निकालेको छ । यद्यपि, सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ । हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्