sevenstartv.com ८ असार २०८२, आइतवार

लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम फागुन ६ गते राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।

गत पुस १६ गते शुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो । अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ ।

यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्