जापानको आर्थिक वृद्धिदर सुस्त, अमेरिकाको संरक्षणवादी व्यापार नीति
आयात शुल्कलगायतका कारण अर्थतन्त्र प्रभावित
काठमाडाैं । सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीति, आयात शुल्कलगायतका कारण विश्वको चौथो ठूलो अर्थतन्त्रमा परेको असरप्रति जापानी कम्पनीहरू चिन्तित भइरहेका बेला यो आँकडा आएको हो ।
सन् २०२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ०.१ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ दशमलव ५ प्रतिशतभन्दा निकै कम हो । तर, अक्टोबर-डिसेम्बरको आँकडा भने उज्ज्वल थियो । जुलाई-सेप्टेम्बरमा ०.४ प्रतिशतबाट अक्टुबर-डिसेम्बरमा त्रैमासिक-दर वृद्धि शुन्य दशमलव ७ प्रतिशत कायम भएको थियो । दशकौंको सबैभन्दा भयानक आँधी शक्तिशाली भूकम्पको’ चेतावनीबीच अक्टोबर डिसेम्बरमा त्रैमासिक-दर वृद्धि शुन्य दशमलव ७ पुगेको हो । चौथो त्रैमासिकको शुन्य दशमलव ३ प्रतिशतको वृद्धिको आँकडा पनि बजार अपेक्षाभन्दा दोब्बर भन्दा बढीले कमी हो ।
ट्रम्पले गत हप्ता अप्रिल २ देखि आयातित कारमा कर लगाउने योजना बनाएको बताएका थिए । गत वर्ष जर्मनीलाई उछिनेर जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको थियो र भारतले यस दशकको अन्त्यतिर दुवै देशलाई उछिनेको अनुमान गरिएको थियो । स्थितिमा आएको परिवर्तनले मुख्यतया डलरको तुलनामा येनमा आएको तीव्र गिरावटलाई प्रतिबिम्बित गरेको विश्लेषकहरूले त्यतिबेला बताएका थिए ।
गत जनवरीमा बैंक अफ जापान (बिओजे)ले १७ वर्षपछि पहिलो पटक मार्चमा ब्याजदर वृद्धि गरेको थियो । सन् २००८ यताकै सबैभन्दा बढी ऋण लिने लागत मापन गरिएको यो कदमले ‘निरन्तर’ बढ्दो ज्याला र वित्तीय बजार ‘समग्रमा स्थिर’ हुनुलाई पनि आधार बनाएको बैंकले जनाएको छ । हालैका वर्षहरूमा अन्य केन्द्रीय बैंकहरूले उधारो लागत बढाएपनि बिओजे भिन्न रूपमा उभिएको थियो ।
