भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो
काठमाडौं । भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् ।
विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकश सिंहले न्युज शैलुङ क्षेत्रको पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माणले महत्वपूर्ण सहयोग गरेको बताए ।
उनले प्राकृतिक सौन्दर्यलाई असर नपार्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सुविधा, सहजता र प्रचार प्रसारका लागि स्थानीय र प्रदेश सरकारको साथमा संघीय सरकारले पनि सहयोग गर्ने जिकिर गरे ।
