युक्रेनको संलग्नताविना युक्रेनबारे वार्ता नहुने बेलायतको अडान, नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा हुने बेलायती रक्षामन्त्री हेलीको भनाई
काठमाडौं । बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ ।
उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका विषयमा हुने कुनै पनि वार्तामा युक्रेनी पक्षको संलग्नता अनिवार्य भएको बताएका हुन् । अमेरिका र रुसका राष्ट्रपतिबीच युक्रेन युद्ध अन्त्य गर्न विषयमा टेलिफोन कुराकानी भएको सार्वजनिक भएसँगै हेलीको प्रतिक्रया सार्वजनिक भएको हो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षीसँगको वार्ता निकै फलदायी भएको र युक्रेन युद्ध अन्त्य गर्न तत्काल वार्ता सुरू गर्ने सहमित जुटेको बताएका थिए । नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा हुने उनको भनाइ छ ।
