sevenstartv.com ९ चैत २०८२, सोमवार

युक्रेनसँग तत्काल युद्ध अन्त्यका लागि वार्ता गर्न रुस तयार

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताएका छन् । रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत भएको ट्रम्पले दाबी गरेका हुन् । 

उनले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता अघि बढ्ने बताएको बीबीसीले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्नसमेत सहमत भएको पुष्टि गरेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच पनि फोन वार्ता भएको छ । 

दुवै देशका राष्ट्रपतिसँगको टेलिफोन कुराकानीपछि रुस–युक्रेन युद्ध तत्काल अन्त्य हुने विषयमा चर्चा शुरू भएको छ । विशेषगरि ट्रम्प–पुटिन संवाद निकै आशाजनक मानिएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटको भनाइ छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्