sevenstartv.com ९ चैत २०८२, सोमवार

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल, अति दक्षिणपन्थी फ्रिडम र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ । अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको हो ।

फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा रहेको अन्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ । जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो । 

गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी पार्टीको रूपमा देखा परेको छ । त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्रेटिक पार्टी २१।१ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्