sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिकामा ठोक्किए दुई विमान, एक जनाको मृत्यु

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ । अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।

लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट ​​बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० र्‍याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकी राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्