दिल्लीकी मुख्यमन्त्री अतिशीले दिइन् राजीनामा
काठमाडौं । दिल्लीकी मुख्यमन्त्री तथा आम आदमी पार्टीकी नेत्री आतिशीले दिल्लीको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएकी छन् । आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनाको राज निवासमा उनले आफ्नो राजीनामा बुझाएकी हुन् ।
यो जानकारी राज निवास दिल्लीको एक्स ह्यान्डलमा दिइएको छ । राज निवासको सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गरिएको पोस्ट लेखिएको थियो । दिल्ली विधानसभा चुनाव २०२५ को नतिजा फेब्रुअरी ८ मा घोषणा गरिएको थियो । यी नतिजाहरूमा, भाजपाले ४८ सिट जित्दा आम आदमी पार्टी २२ सिटमा खुम्चिएको थियो ।
२७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गरेको छ । उता, कांग्रेस पार्टीले यस पटक एउटा सिट पनि जित्न सकेन ।
