क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ ।
केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ ।
भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो । तर पछि यसलाई रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेको छ ।
